
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । ग्लोबलको कार्यालय जमल, काठमाडौंमा कम्पनीको आइपिओ बाँडफाँट भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आ पीओको प्रि–अलोटमेन्ट बिहीबार सम्पन्न भएको थियो ।
कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका छन् । ८१ हजार २७३ जनालेमात्रै गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ पाएका छन् । बाँकी ४ लाख ५९ हजार ९८९ जना आइपीओ पाउनबाट बञ्चित भएका छन् ।
यसमा कुल ९४ लाख ९८ हजार ४०० कित्ताका लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । इदी मार्दीले मंसिर ३ देखि ७ गतेसम्म आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो ।
आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्