×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने !

अर्थ सरोकार

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार

PRIME CA

युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (बुधबार) देखियुनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला भएको छ । गत कात्तिक २७ गतेबाट बिक्री खुला गर्ने भनिएको उक्त आइपीओ धितोपत्र बोर्डको निर्देशन अनुसार मिति सारेर आजबाट बिक्रीमा ल्याइएको हो । यस कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर जारी  गरेको हो ।  
यसअघि स्थानीयलाई जारी गरिएको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन । अब त्यो पनि थपिनेछ । चोम्पनुले जारी गर्न लागेको आइपिओमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्ड, १७ हजार ४७८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: