×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नागरिकले परिवर्तनको अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्छ’ : मन्त्री घिमिरे

PRIME CA
GLOBAL IME BANK

‘नागरिकले परिवर्तनको अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्छ’ : मन्त्री घिमिरे

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालले प्रदान गरिने सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्नेमा जोड दिनुभएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आजदेखि यहाँ आयोजित तीन दिने आव २०७६-७७ को स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई निजी अस्पतालभन्दा सेवा सुविधा प्रदान गर्ने कार्यमा सरकारी अस्पताल अब्बल रुपमा लाग्नुपर्ने बताउनुभयो । 
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालमा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगका लागि दक्षजनशक्ति उपलब्ध गराउने भन्दै जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीले साझा प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहता र डा रवीन्द्र कर्णले स्वास्थ्य बजेट र प्रदेशमा कोरोना सङक्रमणको स्थितिका सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गर्नुभएको थियो ।  तीन दिने उक्त गोष्ठीमा पहिलो दिन अस्पताल, दोस्रो दिन स्वास्थ्य कार्यालय र तेस्रो दिन आयुर्वेद कार्यक्रममा गत वर्ष गरेको कार्य तथा आगामी दिनमा गर्नुपर्ने कार्य, सो कार्यान्वयनमा आइपर्ने समस्या, समाधान आदि विषयमा समीक्षा गरी सुझाव सङ्कलन गरिने भएको छ । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय, शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: