Skip to content
LAXMI SUNRISE BANK

दुई लाख नगदसहित कावासोतीबाट ८ जुवाडे पक्राउ, १२ हजारको चेक र भारतीय नोट पनि बरामद !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नवलपुर । जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा १५ गुदार स्थित मिनराज महतोको घरमा जुवा खेलिरहेको अवस्थामा करिब दुई लाख रुपैयाँ नगदसहित ८ जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा देवचुली ११ का ३६ वर्षीय लिलबहादुर राना, कावासोती १५ का २७ वर्षीय युवराज महतो, २६ वर्षीय रुमेश महतो, ४२ वर्षीय मिनबहादुर थारु, कावासोती १७ का ३३ वर्षीय मधु मगर, कावासोती ८ का ३५ वर्षीय जितेन्द्र शाह र बुलिङटार ४ निवासी ३० वर्षीय छालबहादुर मुक्मी छन् ।
उनीहरुको साथबाट प्रहरीले ३ बुक तास, नेपाली रुपैयाँ एक लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजारको चेक, १ सय ३० रुपैयाँ भारतीय नोट र विभिन्न देशको पैसा दुई हजार दुई सय ५० रुपैयाँ बरामद गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK