×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यारेजमा जुवा खेलिरहेका ४ जना पक्राउ, ती को-को हुन् ?

PRIME CA

ग्यारेजमा जुवा खेलिरहेका ४ जना पक्राउ, ती को-को हुन् ?

२ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारमा रहेको ग्यारेजमा जुवा खेलिरहेकाधादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार र चन्द्रागिरि–१५ का निरनकुमार प्रधानलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको बताए । जुवाडेको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखर बरामद गरिएको श्रेष्ठले बताए । पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहितामा भएको जुवा सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: