
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंबाट सात जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेक बरामद गरेको छ ।
पक्राउ पर्नेमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल छन् । उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्