- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीमा ५२ हजार नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ५२ हजार तीन सय ९५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा लम्कीचुहा ४ का मनि प्रकाश कुमार जैशी, गणेश प्रसाद न्यौपाने, चन्द्र प्रसाद न्यौपाने, रमेश बिष्ट, कमल प्रशाद जैशी, दयाराम न्यौपाने, भानु प्रसाद जैशी, ईश्वर शर्मा र नरदेब चौलागाई रहेका छन । यसैगरी देबेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामवहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी र कुष्मानखर देवकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।