- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले ३.३५ प्रतिशत संस्थापक सेयर सर्बसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकले हाल रहेको संस्थापक सेयरको ५४.३५ प्रतिशत सेयरमध्ये ३.३५ प्रतिशत सेयरलाई सर्वसाधारणमा परिणत गर्ने भएको हो । जसअनुसार बैंकको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम हुनेछ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको ७४औं बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा भएको व्यवस्थाबमोजिम हाल कायम रहेको संस्थापक सेयर समूहको ५४.३५ प्रतिशत सेयरमध्ये ३.३५ प्रतिशत सेयरलाई सर्वंसाधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ। उक्त प्रयोजनको लागि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्