- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा बुधबार (कात्तिक २६ गते) हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय शान्ता प्लाजा बानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने भएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७५–७६ को प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । आव २०७६–७७ का लागि लेखा परीक्षक पनि नियुक्त गरिनेछ । यस्तै, आइपीओ निष्कासन गर्ने सम्बन्धमा पनि छलपल हुनेछ । ज्योतिले गत वर्ष सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाटै ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिन भने बाँकी रहेको छ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ जारी भइसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्