![](https://arthasarokar.com/wp-content/uploads/2020/11/2-33.jpg)
“आगलागीबाट त्यस्तो कुनै मानवीय क्षति भएको छैन,” प्रहरी नायब उपरीक्षक शाहले भन्नुभयो, “दुई पशुको मृत्यु र एउटा घाइते भएको छ ।” दलित बस्तीमा आगलागी भएको खबर पाउनेबित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुग्नुभएको थियो । आगलागीबाट घरबासविहीन १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुँडा र केही खाद्यान्न उपलब्ध गराइएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनःस्थापन गरिने तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले जानकारी दिनुभयो । -रासस