×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको ईपीएसमा ९७२.९५%को छलाङ, खुद नाफा १० गुणाले बढ्दा अन्य सूचक पनि उत्साहजनक !

अर्थ सरोकार

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार

PRIME CA

कामना सेवा विकास बैंकको ईपीएसमा ९७२.९५%को छलाङ, खुद नाफा १० गुणाले बढ्दा अन्य सूचक पनि उत्साहजनक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको भन्दा ९७२.९५% ले धेरै रहेको बैंकले जनाएको छ । गत वर्ष भने बैंकले १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका दुई महत्वपूर्ण सूचक ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकको ब्याज आम्दानी २५ करोड १५ लाख ८७ हजार रुपैयाँबाट बढेर ३८ करोड १५ लाख ७० हजार रुपैयाँ पुगेको भने सञ्चालन नाफा पनि २ करोड ६२ लाख ५१ हजार रुपैयाँबाट बढेर ८ करोड ४९ लाख १६ हजार रुपैयाँ पुगेको छ ।  २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा छ ।
यो अवधिसम्म आउँदा बैंकले जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ जम्मा गरेको छ । यस्तै ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको खुद नाफामा बढ्नुको मुख्य कारण भने गैर सञ्चालन आम्दानी रहेको बताइएको छ । गत वर्ष ३ लाख ९२ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यस वर्ष २० करोड ९ लाख ६३ जार रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: