
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दशैं अघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिए लगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुइचो बढ्न थालको छ ।
कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ । चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।
कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरी भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ । तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन् । देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।
सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत भइरहेका छन् । सुदूरपश्िचम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गते देखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्