कञ्चनपुर । प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका–१ का २८ वर्षीय केदार विष्ट, बेदकोट–२ का २२ वर्षीय पारसमणी जोशी र कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दीपक भट्ट रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले पक्राउ परेका युवा समूहबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, रु तीन लाख नगद र चार थान मोबाइल बरामद गरेको बताउनुभयो । अभियुक्तले बेदकोट नगरपालिका–५ पोलखरीस्थित हरेन्द्र बोहराको घरमा गई यही कात्तिक १९ गते सो घटना घटाएको प्रहरी उपरीक्षक मरासिनीले बताउनुभयो ।
“अभियुक्तको समूहले प्रहरी ब्यूरोबाट आएका हौँ भनेर राति घटना गराएपछि हामीलाई दोस्रो दिन बिहान जानकारी आयो”, उहाँले भन्नुभयो, “चाडपर्वका बेला भएको यो गम्भीर खालको घटना हो ।” उहाँले दोषीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाउँदै घटनामा संलग्न सातदेखि नौ जनाको समूह हुनसक्ने बताउनुभयो । “घटनास्थलमा गोली र अनुसन्धान गर्दै जाँदा अभियुक्त केदारको घरमा पेस्तोल भेटिएको थियो”, मरासिनीले भन्नुभयो, “पक्राउ परेकाको विगतको आचरण पनि बुझ्दै छौँ ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्