×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : पेल्नका लागि उखु सफा गर्दै कञ्चनपुरका किसान, लोपोन्मुख जाँते पिङ खेलेर रमाउँदै तनहुँवासी !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पेल्नका लागि उखु सफा गर्दै कञ्चनपुरका किसानदेखिउ लोपोन्मुख जाँते पिङ खेलेर रमाउँदै तनहुँवासीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कोल्हुमा उखु पेल्न उखु सफा गर्दै लालझाडी गाउँपालिका कञ्चजका किसान । उखु पेलेर गुड बनाई बजारमा बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा जाँते पिङ खेल्दै स्थानीयवासी । लोपोन्मुख सो पिङ ग्रामीण भेगका केही ठाउँमा मात्रै देख्न पाइन्छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित प्रोफर क्रसर उद्योगबाट प्रहरीले नियन्त्रणमा लिएको टिप्पर । जिल्ला अनुगमन समितिले बन्द गर्न निर्देशन दिएको क्रसर उद्योग सञ्चालन भएको पाइएपछि टिप्पर नियन्त्रणमा लिइएको हो । 
लमजुङ बेँसीशहर नगरपालिकाको शिक्षा शाखाले छात्रालाई वितरण गर्न नगर परिसरमा राखिएको करिब नौ हजार सेनेटरी प्याड ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं ३ चुरे वन क्षेत्र रनगाइ अवस्थित ‘राम लक्ष्मण ताल’ । सो ताल आन्तरिक पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण छ । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत वैशाख महिनामा हुनुपर्ने कक्षा १२ को स्थगित परीक्षा आजदेखि सुरु । मध्यपुर थिमि–२ सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलका विद्यार्थी परीक्षामा सामेल हुने क्रममा  स्यानिटाइज र तापक्रम जाँच गरेर मात्र परीक्षा हलमा प्रवेश गराइँदै । 
चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा लमतन्न परेर घाम ताप्दै गैँडाको माउबच्चा । उक्त वन दुर्लभ एक सिङ्गे गैँडाको राम्रो बासस्थान बनेको छ । हात्ती सफारी गरेर हेर्न जान सकिन्छ । 
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यबाट मध्यपुर थिमि–४ शङ्खधर चोकस्थित नवनिर्मित शङ्खधर सामुदायिक भवनको उद्घाटन । भवनमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान र पर्यटकीय सूचना केन्द्र मध्यपुर थिमिको कार्यालय पनि रहनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: