
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आज (मंसिर ८) गतेदेखि सुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाबीच एक-आपसमा मर्जर गएपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट आज देखि एकिकृत कारोबार सुरु भएको हो ।
यी दुवै संस्थाको बैशाख १७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर गर्ने निर्णय गरी राष्ट्र बैंकलाई अनुमतिको लागि पत्र पठाएको थियो । यता राष्ट्र बैंकले मर्जरमा जान कार्तिक १९ गते स्वीकृति प्रदान गरेको थियो । महुली लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने नवकिरण लघुवित्तले हालसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको छैन । नवकिरण लघुवित्तको १०० कित्ता सेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान रेसियोमा दुई लघुवित्तबीच मर्जर सम्पन्न भएको हो ।
नव किरण लघुवित्तको चुक्ता पूँजी ६ करोड ७६ लाख र अधिकृत पूँजी १० करोड रहेको रहेको छ । महुली लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १२ करोड २४ लाख रहेको छ । यी दुई कम्पनीले मर्ज भएपश्चात चुक्ता पूँजी १८ करोड ६६ लाख पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्