×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार, अध्यक्ष पदमा मैनाली, को बने उपाध्यक्ष ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेयर दलालहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ । एसोसिएसनको नयाँ कार्यसमितिले कार्यभार आज (शुक्रबार) देखि कार्यभार सम्हालेको हो । एसोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध निर्वाचित भएका छन् । उनी सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष हुन् । 
एसोसिएसनको सम्पूर्ण पदाधिकारीमा सर्वसम्मत सहमति भएको छ । जसअनुसार उपाध्यक्षका लागि वर्तमान महासचिव धर्मराज सापकोटा चयन भएका छन् । यस्तै  वर्तमान कार्यसमितिका सदस्य गुणनिधि भुसाल महासचिवका लागि सर्वसम्मत भएका छन् । सचिवमा रमणदेव पन्त रहेका छन् भने कोषाध्यक्षमा भक्तिराम घिमिरे चयन भएका छन् । सदस्यहरूमा रवीन्द्र श्रेष्ठ, फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: