×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीले आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न काठमाडौँ महानगरको आग्रह

LAXMI SUNRISE BANK

सहकारीले आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न काठमाडौँ महानगरको आग्रह

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो । कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न यस किसिमको आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीले बताए । 
हाल कामपामा सञ्चालनमा रहेको एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । 
एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिने छ । कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी