×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तनहुँकी सुस्मितालाई कोरोनाले बनायो चित्रकार, काभ्रेको बेथाचोक डाँडामा रमाउँदै आन्तरिक पर्यटक !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 

तनहुँको व्यासनगरपालिका–४ निवासी सुस्मिता दुला फुर्सदको समयमा गणेश भगवानको चित्र कोर्दै गरेकोदेखि काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट वरपरिको दृश्य अलोकन गर्दै गरेका आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
तनहुँको व्यासनगरपालिका–४ निवासी सुस्मिता दुलाल फुर्सदको समयमा गणेश भगवानको चित्र कोर्दै । डिप्लोमा अध्यनरत यी युवतीले कोरोनाका कारण कलेज विदा भएपछि फुर्सदको समयमा घरमा बसि विभिन्न किसिमका चित्र बनाउँदै आएकी छिन् । 
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट वरपरिको दृश्य अलोकन गर्दै आन्तरिक पर्यटक ।

चितवनको  इच्छाकामना– ६ स्थित  जलबिरे लामो  झरनामा निर्माण गरिएको गोलोघर र प्रदेशद्वारको उद्घाटन कार्यक्रमका अतिथिलाई  बिहीबार कौडा  नाचबाट मनोरञ्जन दिँदै स्थानीयवासी । 
कञ्चनपुरको अमरपुरका कुखुरा फार्म सञ्चलक मोटरसाइलकमा अण्डा बेच्नका लागि बजार जाने तयारी गर्दै । अण्डा दिने लेयर्स जातका कुखुरापालन गरी यस क्षेत्रका आधा दर्जन बढी युवाले गतिलो आम्दानी गर्दै आएका छन् ।
देखतभूलीका स्थानीय किसान गहुँ खेतीका लागि ट्रयाक्टरमा रासाईनिक मल बोकेर लैजाँदै । सहकारीका माध्यमबाट साल्ट ट्रेडिङले किसानलाई मल उपलव्ध गराउन थालेपनि थोरै हुँदा धेरै किसानले भारतबाट तस्करी गरी ल्याएको मल खेतमा हाल्न बाध्य छन । 
बर्दियाको मधुवन नगरपालिका कुसुम्भादेवी मन्दिर नजिकै कुसुम्भा घाटको झुलुङ्गे पुलमा आन्तरिक पर्यटकको वनभोज खानेको घुइँचो लरियामा सपरिवार रमाउँदै ।
तनहुँको दमौली–कोत्रे सडक खण्डमा पराल माथि बसेर जोखिम यात्रा गर्दै । 
सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय र आईपिसीमा थन्किएका चारपाङ्ग्रे सवारीसाधन । भन्सार यार्डमा विभिन्न कम्पनीका ६२५ वटा गाडी थन्किएका हुन् । 
घोराही उपमहानगरपालिका– १८ का युगराज पोखरेलले चार वर्षदेखि व्यावसायिक रुपमा माहुरी पाल्दै । माहुरीका लागि दाङमा उपयुुक्त वातावरण छ ।
पोखरा महानगरपालिका–१८ फेवाफाँटमा भैँसी डोराएर घरतिर जाँदै स्थानीय वृद्ध । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: