Skip to content
LAXMI SUNRISE BANK

बाँकेमा औद्योगिक ग्राम निर्माण शुरु, २१ बिघा क्षेत्रफलमा निर्माण हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बाँके । बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । ३१ करोड ३० लाख २१ हजार ४७३ को लागतमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारी रहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । करीब २१ बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा प्राप्त रु ९२ लाखको लागतमा तारबार तथा चौकीदार भवन निर्माणकार्य भइरहेको छ । ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण भइरहेको औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेका छन् ।
जिल्लामै पहिलोपटक पालिकास्तरमा निर्माण शुरु भएको औद्योगिक ग्रामको लुम्बिनी प्रदेशसभा सदस्य आइपी खरेल, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले हालै अवलोकन समेत गर्नुभएको थियो । अवलोकनमा पुगेको टोलीलाई अध्यक्ष कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै तीन वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK