×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाकैबीच तंग्रिदै खेलकुद, टोकियो ओलम्पिकको तयारीमा जुट्दै कराते खेलाडी…! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन् । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटो स्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् । 
नौ महिना देखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनु पर्ने चौतर्फी दबाब आए पछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सिमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ । खेलाडी स्यंम आफैले विभिन्न माध्ययमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिट फुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन् । 
यसै मध्येका कराते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन । घर बसाई पट्यार लाग्दो भइसकेको र अभ्यासमा फर्किन आतुर रहेकी कराते खेलाडी अनु अधिकारीले अभ्यासले आफूलाई उत्साह मिलेको बताउनुभयो ।
उनै अनु अधिकारीले खेलाडीलाई घर बसाईले फिटनेसमा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकुद परिषद मार्फत खेलाडीलाई अभ्यासको वातावरण मिलाइदिन समेत आग्रह गर्नुभयो । यस्तै नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नविन रसाइली पनि अभ्यसमा फर्किन पाउँदा दंग देखिनुहुन्छ । कोरोनाले असर पारेको भन्दै नविनले घरको वातावरण मात्र भन्दा पनि म्याटको अभ्यास आवश्यक भएको बताउनुभयो ।
मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने तर्क राख्दै आउनुभएको छ । खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रिय स्तरमा अन्य देशले अबलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नु पर्ने समय आएको र सोही अनुसार खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाएको जानकारी दिनुभयो ।
नेपाली खेलाडीलाई टोकियो ओलम्पिक ¥याकिङका आधारमा त्यति सहज छैन । यद्यपि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई कोरोना महामारी थप बाधक बनेको छ । नेपाली खेलकुदको सर्बोच्च निकायले ओलम्पिक सहभागिता जनाउने सिमित खेलाडीलाई उचित वातावरण मिलाएर अवसर प्रदान गरे खेलाडी बोकेको लक्ष्य भेटाउन सक्ने थिए की ? हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: