- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रहरीले विभिन्न स्थानबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–३ मानेचोकस्थित ४६ वर्षीय लालबहादुर पुनको घरमा जुवातास खेलिरहेका पुनलगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार १ सय ४५ रुपैयाँसहित पक्राउ गरेको हो ।
यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ त्रिवेणी चोक डेरा गरी बस्ने विनोद उदासको कोठामा जुवातास खेलिरहेका सोही ठाउँका ४१ वर्षीय दिनेश केसीलगायत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९९० रुपैयाँ, २० थानकौडा, तास र ७ ग्रामको श्रीखण्ड २ टुक्रासहित फेला पारी पक्राउ गरेको हो। सो सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।