
- अर्थ सरोकार सम्बाददाता
खोटाङ । खोटाङमा आगलागी हुँदा साँढे १० लाख बराबरको क्षति भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा भैंसी र बाख्रा जलेर मरेका छन् । बुधबार राति स्थानीय घनश्याम फुयाँलको गोठबाट सुरु भएको आगोले एउटा ब्याउने भैंसी र तीन वटा बाख्रा जले । आगोले जल्दा अरु बस्तुभाउ घाइते भएका छन ।
गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो । भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको थियो । यद्यपी आगोलागीको कारण खुल्न सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्