×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खोलाबाट अवैध सामान सिधै झोलामा, यसरी पनि तस्करी नियन्त्रण होला र ?

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । तस्करी नियन्त्रणका लागि बलियो सुरक्षा व्यवस्था लागु गरिएको छ भन्ने प्रशासनलाई चुनौती सृजना भएको छ । भारतसँग सिमाना जोडिएका कैलाली र कञ्चनपुरका खुला नाका भएर दैनिक रुपमा हजारौँको अवैध सामान नेपाल भित्रिरहेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण, त्यसैमाथि तस्करीका कयौँ घटनाहरु सार्वजनिक भईरहेका बेला कैलाली र कञ्चनपुरमा नेपाल भारत सिमा जोड्ने खोलाको बाटो भएर अवैध रुपमा अवैध सामानहरु नेपाल भित्रिरहेको छ । ठूला-ठूला व्यापारी र मालवाहक साधनलाई मात्रै देख्ने प्रशासनले सानातिना साईकला वा मोटरसाईकलमा नेपाल भित्रिने सामानप्रति खासै चासो भने दिएको देखिदैन । 
टाउकोमा बोकेर वा साइकलको प्रयोगबाट दैनिक नेपाल भित्राईने झोलाहरुमा के छ ? भन्ने कुरा कसैलाई थाहा सम्म छैन । तर खुला सिमानाकामा तस्करी नियन्त्रण गर्न भन्दै खटिएका सुरक्षाकर्मी तथा प्रशासनको भुमिका भने निकै उदेग लाग्दो पाइएको छ । तस्करी नियन्त्रण गर्ने नै हो भने ठूला व्यापारी र मालवाहक साधनप्रतिमात्रै नभएर अवैध बाटो भएर हुने हरेका अवैध गतिविधिप्रति ध्यान जान जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: