×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तनहुँको शुक्लागण्डकीमा कोदो टिप्न व्यस्त महिला, सराङ्कोटमा यसरी रमाउँदै छन् आन्तरिक पर्यटक !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, मलागिरीमा कोदो टिप्दै गरेकी महिलादेखि पोखराको सराङ्कोटमा रमाउँदै आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, मलागिरीका किसान बारीमा पाकेको कोदो टिप्दै ।  पहिले पहिले गाउँघरमा मात्र खाइने कोदोको रोटी र ढिँडो अहिले उच्च घराना र चर्चित होटल रेष्टुराहरुमा आकर्षक नेपाली खाना बनेको छ ।  
पोखराको सराङ्कोटमा रमाउँदै आन्तरिक पर्यटक ।
राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–१३ भञ्ज्याङ क्षेत्रमा स्थलगत अनुगमन गर्दै राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा.पुष्पराज कँडेल, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलगायत । 
दुना टपरी बनाउन ललितपुरको मङ्गलबजारमा सालको पात किन्दै सर्वसाधारण । सालको पात धार्मिक कार्यमा पवित्र मानिन्छ ।
ललितपुरको मङ्गलबजारमा बिक्री गर्न राखिएका जाडोका कपडा ।
लालझाडी गाउँपालिका,शङ्करपुरका किसान बदाम खन्दै । यस क्षेत्रमा बदामखेती अधिक हुने गरेको छ ।  
स्याङ्जाको वालिङ–१०, बामलेटारमा रहेको सहकारीमा आवद्ध महिलाहरुले सामूहिक रुपमा व्यावसायिक आलुखेती गर्दै । महिलाले पाँच रोपनी जग्गा भाडामा लिएर आलुखेती गरेका हुन् । 
तुलसीपुर उपमहानगरपालिका–४ खुमखानीका नागरिकले गरेको व्यावसायिक बाख्रापालन । यहाँ प्रत्येक घरमा करिब १०० भन्दा बढी बाख्रापालन गर्ने गरिएको छ । 
पोखरा–५ जिरो किमिमा खानेपानी पाइप बिछ्याउने कार्यमा व्यस्त श्रमिक । 
बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको माटो परीक्षण शिविरमा शनिबार माटो परीक्षण गर्दै कृषि प्राविधिक । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: