- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोशी ग्यासको सिल लागेको एउटा सिलिण्डरमा करिब साढे तीन किलो तौल कम पाइएको छ । विराटनगरका एक उपभोक्ताले आफूले खरिद गरेको कोशी ग्यासको सिल लागेको एउटा सिलिण्डरमा करिब साढे तीन किलो तौल कम पाइएको बताएका छन् ।
विराटनगर महानगरपालिका–२ तीनपैनीका उपभोक्ता रतनकुमार बर्माले खरीद गरेको कोशी ग्यासको सिलिण्डरमा तीन किलो ३०० ग्राम कम पाइएको हो । भरिएको ग्यास सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र पाइएको थियो ।
प्रत्येक सिलिण्डरमा ग्यास उद्योगहरुले १४ किलो २ सय ग्राम ग्यास भरेर बजारमा पठाउने गर्दछन् । बर्माले बिहीबार दुईवटा सिलिण्डर खरिद गरेका थिए । जसमा एउटामा कम तौल पाइएको हो । कम ग्यास फेला परेको खाली सिलिण्डरको तौल १५ किलो ४ सय ग्राम रहेको कम्पनीद्वारा प्रिन्ट गरिएको सूचनामा उल्लेख छ ।
ग्यास बिक्री गर्ने टेम्पु चालकसँग खरिद गरेको एउटा सिलिण्डरमा कम तौल भेटिएको उनले बताए । यता कोशी ग्यास उद्योगका व्यवस्थापक सचित उपाध्यायले उद्योगबाट कम तौलको सिलिण्डर बजारमा नगएको दाबी गरेका छन् । उद्योगमा अटोमेटिक मेसिनबाट ग्यास भरिने बताउँदै उनले बजारमा बिक्री गर्नेले कमजोरी गरेको हुनसक्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्