
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउनुहुने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो । प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने भएपछि सुरक्षाको व्यवस्था र प्रधानमन्त्रीको कार्यक्रममा सहभागिताका लागि जाने क्रममा प्रधानमन्त्रीको सचिवालयबाट आज ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको आपूmलाई जानकारी आएको प्रजिअ चापागाईँले बताउनुभयो ।
जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।
यता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्वागतद्वार निर्माण तथा गाउँ सरसफाइ कार्यक्रमस्थल सजावट सबै काम सकेको घुन्सा गाउँका स्थानीय टासीतेन्जी शेर्पाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेको स्थानीय शेर्पाले जाकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्