×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अन्ततः प्रधानमन्त्री ओली राजिनामा दिँदै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने भएका छन् । केहि दिनभित्र उनले राजीनामा दिन लागेका हुन् । अन्तत:पार्टी फुटकै संघारमा पुगेपछी र नेकपा स्थायी समिति बैठकमा प्रचण्डसहितका नेताहरुले उनको राजीनामा मागेपछि उनी अन्तत: राजीनामाको मनस्थितिमा पुगेको बताइन्छ । उनी निकटकै उच्च नेताहरुले राजिनामा दिएर भएपनि पार्टी फुट्नबाट जोगाउन आग्रह गरेपछी उनले राजीनामा दिन लागेका हुन् । एकातर्फ आफैंले राजिनामा दिएकोजस्तो पनि हुने र अविश्वासको प्रस्तावबाटसमेत जोगिन उनले राजिनामा दिन लागेको स्रोतको दावी छ ।
यता उनले राजिनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी नेकपाभित्रै रहेको बुझेका ओलीले अन्ततः पद छोड्न लागेका हुन् । राजिनामा दिने निष्कर्षमा पुगेर राजनीतिक परामर्शका लागि भन्दै उनले मन्त्रीहरुलाईसमेत बालुवाटार बोलाएका छन् । उनले विभिन्न मन्त्रीहरुसँग छलफल गरेर अन्ततस् राजिनामा दिन लागेको बताइएको छ । यद्यपी ओलीले अन्य विकल्पहरुबारे पनि मन्त्रीहरुसँग परामर्श लिन लागेको बुझिएको छ । नेकपा फुट्न लागेको तथ्य महासचिव पौडेलले घुमाउरो पाराले ट्विटमार्फत सार्वजनिक गरिसकेका छन् ।
‘सम्मानित प्रेस काउन्सिलबाट प्रस्तुत समाचार आचारसंहिता विपरित भएको भन्ने जानकारी आएकाले सखेद सच्याईएको छ । पाठकहरुमा कुनै भ्रम पर्न गएको भए क्षमा चाहान्छौं ।- सम्पादक
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: