
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २२.९६% ले थोरै हो । गत वर्ष यसै अवधिमा बैंकले ५९ करोड ९० लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको छ । जससंगै बैंकको खुद नाफामा नकारात्मक प्रभाव परेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २२ लाख ९६ हजार रुपैयाँ मात्र छ ।
बैंकले यस अवधिमा १ खर्ब ७० अर्ब ७० करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको रिजर्भ कोषमा ११ अर्ब १६ करोड ६९ लाख ६९ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७६ पैसाले घटेर १५ रुपैयाँ ९० पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ९१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्