×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, साधारणसभा कहिले ?

GLOBAL IME BANK
SHREE KESH

कुमारी बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, साधारणसभा कहिले ?

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको १४% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो ।  बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सोमबार बुक क्लोज गर्दैछ । 
बैंकले मंसिर २९ गते वार्षिक साधारणसभा गर्न लागेको छ । सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५% बोनस सेयर र ३.१५% नगद लाभांश (करसहित) वितरण पारित गर्ने एजेन्डा रहेको छ । साथै अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसनगर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: