×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ, वितरण याेग्य नाफा कति ? (विस्तृत विवरणसहित)

PRIME CA

कुमारी बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ, वितरण याेग्य नाफा कति ? (विस्तृत विवरणसहित)

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ४९.८९ प्रतिशतले बढेर ६० करोड २५ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख रुपैयाँ रहेको छ । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेर क्रमशः १ अर्ब ३१ करोड रुपैयाँ र ८६ करोड ५ लाख रुपैयाँ नाघेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । 
यता, बैंकको खराब कर्जा बढेर १.४३ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत, सीसीडी रेसियो ७५.३१ प्रतिशत छ र पुँजीकोष अनुपात १४.९३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४२.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: