×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी बोर्डको बैठकले तीन वटा परियोजनाका लागि लगानी स्वीकृत गरेपछी के भन्छन् सिइओ भट्ट ? (भिडियो रिपोर्ट)

PRIME CA

लगानी बोर्डको बैठकले तीन वटा परियोजनाका लागि लगानी स्वीकृत गरेपछी के भन्छन् सिइओ भट्ट ? (भिडियो रिपोर्ट)

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५औं बैठकले तीनवटा जलविद्युत परियोजनाको लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताउनुभयो ।
बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको पावरहाउस देखि ड्यामसाइड सम्मका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप गर्ने निर्णय गरेको पनि भट्टले बताउनुभयो । यस्तै बोर्डको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ ।
लगानीकर्तालाई एकलविन्दु सेवा केन्द्रद्धारा सहज र शीघ्र सेवा प्रदान गर्नेगरी स्वचालित बनाउने र नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना गरी उपयोग गर्ने सम्बन्धमासमेत छलफल भएको भट्टले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगसँगै विद्युत खपतको आयोजना तयार पार्न समेत बोर्डलाई निर्देशन दिनुभएको पनि भट्टले बताउनुभयो । यसबाहेक बैठकमा बोर्डद्धारा प्रवद्र्धन र सहजिकरण भएका परियोनाहरुको कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिको सम्बन्धमा समेत छलफल भएको थियो । हेर्नुहोस् भिडियो : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: