
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४५औं बैठकले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।
सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत गरेको हो।
बैठकले लगानी बोर्ड कार्यालयको क्षमताको अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे पनि छलफल गरेको छ। बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्टिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी, मन्त्रालयका सचिव, निजी क्षेत्रका प्रतिनिधीहरु भवानी राणा, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ, बालकृष्ण शिवाकोटी लगायत सहभागी थिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेका काममा हुने विलम्बलाई हटाउन समेत नयाँ प्रविधिको आवश्यकता रहेकोमा जोड दिएका छन्। यस्तै लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डमार्फत् प्रबर्घन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्