ललितपुर । ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो । महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु । यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्ने छ ।”केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी शुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “चाडपर्व परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइपनि रहेको छ ।” सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पु¥याउनु अघि महानगरपालिकाका फोहोर निरन्तर उठिरहेको अवालेले बताउनुभयो । उक्त समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनीयर पुष्कर भट्टराई रहेका बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्