Skip to content
LAXMI SUNRISE BANK

जुवा खालमा प्रहरीको छड्के, कैलालीको लम्कीबाट ५२ हजारसहित १६ जना जुवाडे पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीको लम्कीमा जुवातास खेलिरहेका ५२ हजारसहित १६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्की कैलालीले उनीलाई लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको घरमा जुवातास लिरहेको अवस्थामा प्रहरी निरीक्षक भरतबहादुर शाहको कमान्डमा खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का मनिप्रकाश कुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश विष्ट, कमलप्रसाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाई, लम्की चुहानगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् । 
पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK