×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लक्ष्मी बैंकको खुद नाफा २२.२८% ले घट्यो, वितरण योग्य नाफामा पनि ८३.६९ प्रतिशतको गिरावट ! (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । बैंकको यो नाफा नाफा अघिल्लो वर्षको भन्दा २२.२८% ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसाले घटेर १२ रुपैयाँ ७३ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ २२ पैसा रहेको छ । साथै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ११.९९% र २४.०२% ले घटेका छन् । जस कारण खुद नाफा घटेको देखिन्छ । 
बैंकको वितरण योग्य नाफा पनि ८३.६९% ले घटेको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २३.०७% र ११.९७% ले बढाउन सफल भएको छ । चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ३ अर्ब ३६ करोड रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: