×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी निकायले बल्ल गर्यो यति राम्रो निर्णय, सारा नेपाली मख्ख !

LAXMI SUNRISE BANK

सरकारी निकायले बल्ल गर्यो यति राम्रो निर्णय, सारा नेपाली मख्ख !

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । वागमती प्रदेश सरकार र हुलाक सेवा विभाग सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणसम्बन्धि सम्झौता हुने भएको छ । वागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेर सेवाग्राहीको घर-घरमै लाइसेन्स उपलब्ध गर्ने सम्बधि सम्झौता हुने भएको हो । सिंहदरबार 
वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अबको दुई हप्ताभित्रै सेवाग्राहीले घरमै लाइसेन्स पाउने जनाएको छ । कात्तिक ६ गते चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीच बैठक बसेको थियो । बैठकले द्धिपक्षीय सम्झौता (एमओयु)  गर्ने भएको छ । 
जसअनुसार अब हुलाकले सेवाग्राहीलै न्यूनतम शुल्कमै लाइसेन्स उपलब्ध गराउनेछ। उपत्यकाभित्र ५० रुपैयाँ र मोफसलमा १०० रुपैयाँ लाग्ने बताइएको छ। तर एमओयुपछि मात्रै कति शुल्क लाग्ने भन्ने यकिन हुने बताइएको छ। पहिलो चरणमा हुलाकले काठमाडौं उपत्यकामा रहेका सेवाग्राहीलै लाइसेन्स उपलब्ध गराउनेछ । यातायात कार्यालयले उपलब्ध गराएको एकैदिनमा उपत्यकाभित्र घरमै लाइसेन्स उपलब्ध हुनेछ । उपत्यकाबाहिर भने समय लाग्नेछ। यता सेवाग्राही भने घरमै लाइसेन्स पुग्ने भएपछि खुशी भएका छन् ।
यस्तै प्रदेश सरकारले इ-टोकन पनि लागु गर्ने तयारी गरेको छ। यातायात कार्यालयहरुलाइ डिजिटल बनाउन पहिलो चरणमा इ-टोकन लागु गर्न लागिएको हो । जसअनुसार सेवाग्राहीले कार्यालयमा गएर लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी