- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यस वर्ष झिलिमिली बत्तीको व्यापारमा ७० प्रतिशतले गिरावट आएको छ । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती यस कोरोना संक्रमणका कारण व्यापारमा ७० प्रतिशतले गिरावट आएको व्यवसायीहरुको भनाइ छ ।
हरेक वर्ष तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । तर, यस वर्ष कोरोनाले गरेर तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुले बताएका छन् । गतका वर्षहरुमा २५ देखि ३० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने गरेकोमा यस वर्ष निकै ह्रास आएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।
विगतका वर्षहरुमा तिहारलाई लक्षित गरी ४० देखि ५० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात हुने गरे पनि यस वर्ष आयातमा पनि ह्रास आएको महासंघले जनाएको छ । महासंघमा आबद्ध व्यवसायीले दिएको जानकारीअनुसार अहिलेसम्म १५ देखि १८ करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको छ, जुन अघिल्लो वर्षहरुको आयातको तुलनामा झण्डै ३५ करोडले कम हो ।
भन्सारको तथ्यांकअनुसार यस वर्ष विद्युतीय अन्य लाइटको आयात पनि २५ करोड ८४ लाखले घटेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा ७४ करोड ६९ लाख रुपैयाँ बराबरको अन्य प्रकारका विद्युतीय बत्तीहरु नेपाल भित्रिएका थिए । चालु आर्थिक वर्षको तीन महिनामा ४८ करोड ८५ लाख रुपैयाँ बराबरको मात्रै विद्युतीय लाइट नेपाल भित्रिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्