×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी : खुद नाफामा ४९.४४% को छलाङ, प्रतिसेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४९.४४% ले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले २ करोड ६७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क पनि १९ करोड ३९ लाख रुपैयाँबाट बढेर १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनी प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५९ पैसा रहेको छ । साथै बिमा कोषको आकार पनि ६६ करोड ५९ लाख रुपैयाँको पुगेको छ । 
चुक्ता पुँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ५ लाख रुपैयाँ छ । यस अवधिसम्म आउँदा कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ७७ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: