×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको साँवा र ब्याज माछापुच्छ्रे बैंकबाटै तिर्न सक्ने

PRIME CA
GLOBAL IME BANK

कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको साँवा र ब्याज माछापुच्छ्रे बैंकबाटै तिर्न सक्ने

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ ।
कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ ।
यसअघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबिच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपीएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ ।
हाल बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु मार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: