×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक लिमिटेडको स्थगित वार्षिक साधारणसभा पुस २ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डा (विवरणसहित)

PRIME CA

माछापुच्छ्रे बैंक लिमिटेडको स्थगित वार्षिक साधारणसभा पुस २ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डा (विवरणसहित)

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकको साधारणसभा पुष २ गते हुने भएको छ । बैंकले गत कार्तिक ६ गते सभा बोलाएपनि कोरोना संक्रमण र चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको थियो । सोही अनुसार अब बैंकले पुष २ गते वार्षिक साधारणसभा बोलाएको हो । 
बैंकले सभामा ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा पेश गर्ने भने सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।
यस्तै सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: