
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले १ करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा अघिल्लो वर्षको भन्दा २६.८८% धेरै हो ।
गत वर्षको सोही अवधिमा संस्थाले ८३ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो अवधिमा आउँदा संस्थाको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ४७ पैसा (वार्षिक) पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ७४ पैसा रहेको छ । जगेडा कोषमा २० करोड ५३ लाख रुपैयाँ जम्मा गरेको यस संस्थाको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै यो त्रैमाससम्म आईपुग्दा संस्थाले खुद ब्याज आम्दानी ४.२०% ले बढाएर ४ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा भने १ करोड ३२ लाख रुपैयाँबाट घटेर १ करोड २६ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ ।असोज मसान्तसम्म संस्थाले १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्