×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छुट्टाछुट्टै स्थानबाट २४ जुवाडे पक्राउ, ९ लाख बढी बरामद !

PRIME CA

छुट्टाछुट्टै स्थानबाट २४ जुवाडे पक्राउ, ९ लाख बढी बरामद !

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर । प्रहरीले छुट्टाछुट्टै स्थानबाट २४ जुवाडे पक्राउ गरेको छ । मकवानपुरबाट १४ जना र बाराबाट १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरमा ३ लाख ३२ हजार ८९२ रुपैयाँ नगदसहित बिहीबार राति ९ बजे १४ जना जुवाडे पक्राउ परेका हुन् । 
पक्राउ परेकाहरुबाट नगदसहित १२ बुक तास र ३१ वटा कौडासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय राजेन्द्र उप्रेती, ३९ वर्षकै दिपक भट्टराई, वडा नं ९ बस्ने ३७ वर्षीय प्रल्हाद दुलाल, वडा नं ७ ४८ वर्षीय राजेश गिरी, ४५ वर्षीय श्याम सिंह, वडा नं १ बस्ने ४२ वर्षीय रोबिन दहाल, बाराको निजगढ नगरपालिका ९ बस्ने ३८ वर्षीय सन्तोष श्रेष्ठ, वडा नं ७ बस्ने ३० वर्षीय सुनिल श्रेष्ठ, ३४ वर्षीय अशोक लामा, २६ वर्षीय राज लामा छन्। 
उनीहरुका साथबाट १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ बरामद भएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: