- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनी कोरोना संक्रमण पुष्टी भएको ११ दिनपछी संक्रमणबाट मुक्त भएका हुन् । उनले सामाजिक सन्जालमार्फत् आफुलाई ठिक भएको र घर फर्किएर आराम गरिरहेको जानकारी दिएका छन् ।
पूर्ण रुपमा स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् । गत कात्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनले संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।