
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टी भएका चर्चित कलाकार गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।
पछि आईसीयूमा राखेर उपचार थालिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनको उपचार भइरहेको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेनसमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हिजो (बिहीबार) सशस्त्र प्रहरी अस्पताल लगिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ । दुई दिन अगाडि मात्र उनले सामाजिक सञ्जालमा फोन तथा म्यासेजको प्रतिक्रिया दिन सक्ने अवस्थामा नरहेको बताएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्