×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ-नभ्याई, माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ-नभ्याई, माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु (भिडियो रिपोर्ट)

Artha Sarokar

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
भक्तपुर । दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् ।
दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पाला सहित माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ । तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताउनुभएको छ । उहाँले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा विक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री हुने गरेको बताउनुभयो ।
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।
प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो । त्यसैले यो पेशालाई बचाई राख्नुपर्ने देखिन्छ । तर परम्परागत पेशालाई बचाउनका लागि आफुहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ । आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउने देखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ । तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिन्न । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी