
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। विश्वविद्यालयलाई नै ब्ल्याङ्क (खाली) चेक दिने एक विद्यार्थी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ब्ल्याङ्क चेक दिने सप्तरीको बलानबिहुल गाउँपालिका–५ रामनगर घर भएका ३२ वर्षीय सूर्यप्रसाद साहलाई पक्राउ गरेको हो।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसमा एमबिबिएस अध्ययन गर्दा लाग्ने १३ लाख ४१ हजार रुपैयाँ बराबरको चेक साहले दिएका थिए। प्रथम किस्ता बापत दिइएको उक्त चेकमा उल्लेखित रकम जम्मा गर्न लाग्दा पर्याप्त रकम नभएपछि बाउन्स गरिएको थियो।
पछि काठमाडौं विश्वविाद्ययले नै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उनी विरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गरेको थियो। त्यसपछि फरार रहेका साहलाई नयाँबानेश्वरबा सोमबार पक्राउ गरेर कारबाहीका लागि काभ्रे पठाइएको सिआइबीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्