- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवैतर्फका अन्य प्रतिनिधि पनि सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतकाबीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका थिए ।
नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका थिए । बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी छन् । नेपाल र भारतबीच यस्तो खालको प्रचलन रही आएको छ । नरवणे आज शुक्रबारै स्वदेश फर्किने कार्यतालिका रहेको छ।