- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो लगानीकर्तालाई १७.८३१५ प्रतिशत लाभांश दिने भएको छ । कार्तिक १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६.९३९९ प्रतिशत बाेनस र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाकाे आगामी साधारणासभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको छ । १६.९३९९ प्रतिशत बाेनस पश्चात कम्पनीकाे चुक्ता पुँजी एक अर्ब रूपैयाँ पुग्ने छ ।