×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगहरुको संरक्षण र प्रवर्द्धनका लागि नयाँ नीति र कार्यक्रम ल्याउने तयारी

LAXMI SUNRISE BANK

उद्योगहरुको संरक्षण र प्रवर्द्धनका लागि नयाँ नीति र कार्यक्रम ल्याउने तयारी

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना प्रभावित उद्योगहरुलाई पुनर्उत्थान गर्न सरकारले नयाँ नीति र कार्यक्रम ल्याउने भएको छ । उद्योगहरुको संरक्षण र प्रवर्द्धनका लागि नयाँ नीति बनाउन अध्ययन थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोभिड असरबारे विवरण उपलब्ध गराउन सबै खाले उद्योगलाई आग्रह गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.नारायण रेग्मीले जानकारी दिए ।
कोभिड असर झलेका व्यवसाय तथा उद्योगको प्रकृति, वर्गीकरण, उत्पादन, कोभिडमा उद्योग बन्द र सञ्चालनको अवस्थाबारे मन्त्रालयले विवरण संकलन गर्नेछ । यस्तै कोभिडका कारण उत्पादनमा आएको ह्रास र कच्चा पदार्थ आपूर्ति समस्या भए नभएको पनि मन्त्रालयले अध्ययन गर्ने जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी