
- अर्थ सरोकार सम्बाददाता
मोरङ । मोरङबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । मोरङ केराबारी गाउँपालिका– ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ५ जनालाई जुवाखालबाटै पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ कै ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरानकै ३६ वर्षीय हरी खत्री रहेका छन् । जुवाखालबाट पक्राउ परेका उनीहरुको साथबाट ८ लाख ८९ हजार २५० नगद, १३ बुक तास, २ वटा स्कुटी र २ थान मोसासमेत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्